यस आयोजनाका मुख्य उद्धेश्यहरु निम्न अनुसारका छन् ।
1 ) एकीकृत भू-परिधि व्यवस्थापनको लागि अन्तर निकाय स्तरमा समन्वय प्रवर्धन तथा क्षमता विकास गर्ने ।
2 ) तराई भू-परिधि क्षेत्रमा रहेका मध्यवर्ती क्षेत्र तथा संवेदनशील जैविक मार्ग संरक्षणको लागि एकीकृत योजना निर्माण गर्ने ।
3 ) तराई भू-परिधि क्षेत्रमा रहेका मध्यवर्ती क्षेत्र तथा संवेदनशील जैविक मार्गमा वन तथा वन्यजन्तु संरक्षण गर्ने ।
4 ) अनुगमन, मूल्यांकन तथा ज्ञान र सिकाईहरुको व्यवस्थापन गर्ने ।
यस आयोजनाले मुख्यतया दिगो विकासको लक्ष्य 15 “जमिनमाथिको जैविक विविधता संरक्षण“ लाई प्रत्यक्ष रुपमा योगदान गर्नेछ, साथै दिगो विकासका लक्ष्यहरु 1, 5 , 11, 13 र 16 हासिल गर्नमा समेत सहयोग गर्नेछ ।