एकीकृत भू-परिधि व्यबस्थापन आयोजना, जी.इ.एफ र डब्लु.डब्लु.एफ. को सहयोगमा नेपालको तराई भू-परिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविक मार्गको संरक्षणमा सञ्चालन भैरहेको आयोजना हो । आयोजनाको सफल कार्यान्वयनबाट तराई भू-परिधि क्षेत्रमा अवस्थित जैविक मार्ग र संरक्षित क्षेत्रमा विद्यमान जैविक विविधता संरक्षणको चुनौतिलाइ न्यूनिकरण गर्दै वातावरणीय सेवाको अभिवृद्घि, दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण र वनस्रोतमा आश्रित स्थानीय समुदायको क्षमता अभिवृद्घिमा टेवा पूर्याउने छ ।