एकीकृत भू-परिधि व्यवस्थापन आयोजनाको कार्यान्वयन वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा गर्दै आएको छ । वन तथा भू-संरक्षण विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, प्रदेशका वन तथा वातावरण हेर्ने मन्त्रालय, राष्ट्रिय निकुन्ज कार्यालयहरु, डिभिजन वन कार्यालयहरु र आयोजना व्यवस्थापन इकाइले यस आयोजनाका लक्षित क्रियाकलापहरु सञ्चालन गर्ने गर्दछन् । आयोजनाको स्वीकृत दस्तावेज अनुसार यस आयोजना कार्यान्वयन गर्नका लागि आयोजना सल्लाहकार समिति (PAC), आयोजना कार्यान्वयन समिति (PEC), फिल्ड स्तरीय समन्वय समिति (FCC), आयोजना व्यवस्थापन इकाई (PMU), को व्यवस्था गरेको छ ।

null